
काठमाडौँ– विश्व नम्बर तीन सर्बियन टेनिस स्टार नोभाक जोकोभिच सातौँ पटक फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार भएको खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् । उनले ६–३, ५–७, ६–१ र ६–१ को सेटमा अल्कारेजलाई पराजित गरेका हुन् ।
फ्रेन्च ओपनमा दुई पटकका च्याम्पियन जोकोभिचको यो ३४ औं ग्रान्डस्लाम फाइनल हो ।
२३ पटक ग्रान्डस्लाम जितिसकेका जोकोभिच २४ औं ग्रान्डस्लाम हात पार्ने योजनामा छन् ।