जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • नेपाली युवालाई रूसी सेनामा पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

नेपाली युवालाई रूसी सेनामा पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

गैरकानुनी रूपमा नेपाली युवालाई रूसी सेनामा पठाउने १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । रूस–युक्रेन युद्धपछि नेपाली युवालाई विदेश पठाएको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाण्डौले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनीष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

उनीहरूमध्ये हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र ईश्वरी अधिकारी प्रमुख व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विश्वकर्माले १८ जना पठाएको र ११ जनालाई पठाउने क्रममा रहेको जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भूपेन्द्रबहादुर खत्रीले बताउनुभयो ।

एसएसपी खत्रीका अनुसार विश्वकर्मा पूर्व सैनिक हुन् । सुजाता दाहालले कन्सल्टेन्सी खोलेरै युवालाई रूस पठाउने गरेकी र उनको समूहमा पाँच जना रहेको प्रहरीले जनाएको छ । रूसी सेनामा पूर्व सुरक्षाकर्मीको माग धेरै रहेको र कतिपय सुरक्षाकर्मी समेत जागिर छाडेर जाने तयारीमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा खत्रीले यो शुरुवात भएको र रुस पठाउनेको सङ्ख्या ठूलो हुन सक्ने बताउनुभयो । प्रहरीले सुजाता दाहालको कार्यालयबाट रुस पठाउने भनेर विभिन्न व्यक्तिबाट सङ्कलन गरिएको १४ लाख १८ हजार पाँच सय रुपैयाँ र २७ जनाको राहदानी बरामद गरेको छ । यस्तै ईश्वरी अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ र १६ जनाको राहदानी पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
What Are The 5 Stages Of Intoxication?