
बुटवल । कुटपिटबाट बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा एक पुरुषको हत्या भएको छ । पुरानो ट्रायल सेन्टरको पछाडि रहेको तिनाउ नदीको बगरमा ढुङ्गाले टाउको लगायतका अङ्गहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३६ वर्षका पुरुष भए पनि थप जानकारी खुल्न बाँकी इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीले हत्याको आरोपमा हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।उनीहरूले कवाडी सङ्कलन गर्ने काम गर्दै आएको खुलेको छ ।