
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा नयाँ दिल्ली प्रस्थान गरेकी छन् । सोमबार बिहान पौने ११ बजे उनी नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।
आरजु देउवाको यात्रा विवरणबारे परिवार र कांग्रेसले थप जानकारी दिएको छैन । धुम्बाराही निकट स्रोतका अनुसार देउवा नियमित स्वास्थ्य फलोअपका लागि दिल्ली गएकी हुन् । पाठेघरसम्बन्धी समस्याका कारण उनी लामो समयदेखि उपचाररत छिन् । त्यसकै लागि उनी दिल्ली गएको बुझिएको छ ।