
काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।राति ११ बजे उनी सिंगापुरका प्रस्थान गर्ने तय भएकाे छ ।
देउवा नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने उनको सचिवालयले जनाएको छ ।
कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जानेछिन् ।
पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।
उनीहरू करिब १ हप्तापछि नेपाल फर्किने बताइएको छ ।