
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । महासंघले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य ३०० र चाँदीको मूल्य ५ रुपैयाँ प्रतितोलाले बढेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ तोकिएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ तोकिएको थियो ।