
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघको कार्यसञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरबीच भेटवार्ता भएको छ ।
खरेले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको यूएन कार्यालयले जनाएको छ ।
खरे नेपाल र यूएनको संयुक्त आयोजनामा काठमाडौंमा भएको सातौं शान्ति स्थापना अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन काठमाडौं आएका हुन् ।