
काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति भएको सेमिफाइनलमा इटालीलाई २-१ गोल अन्तरले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो ।
अब स्पेनले उपाधिका लागि क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ ।
खेलको तेस्रो मिनेटमा एरेमी पिनोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ११ औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए ।