
हेटौँडा । बागमती प्रदेश सरकारले चितवनमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि ५ करोड रकम विनियोजन गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेर हाल स्थगित रहेको रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैँया बजेट विनियोजन गरेको हो ।
प्रदेशसभामा आज भएको बजेट भाषण मार्फत बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले रंगशाला निर्माणको लागि ५ करोड विनियोजन गरेको जनाएका हुन् ।