
काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इन्डोनेसियालाई हराएको छ ।
सोमबार भएको खेलमा अर्जेन्टिनाले इन्डोनेसियालाई २-० ले हराएको हो ।अर्जेन्टिनाको जितमा लिन्द्रो पारेडेस र क्रिस्टियन रोमेरोले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा लिन्द्रोले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५५ औं मिनेटमा रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए ।
मैत्रीपूर्ण खेलमै थाइल्याण्डले हङकङलाई १-० ले हराएको छ । जोर्डनले जमैकालाई २-१ ले तथा चाईनिज ताइपेले फिलिपिन्सलाई ३-२ ले हराएको छ ।