
काठमाडौं । युरोकप छनोटमा फ्रान्सले लगातार चौंथो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा ग्रीसलाई १-० गोल अन्तरले हराउँदै फ्रान्सले लगातार चौंथो जित निकालेको हो ।
फ्रान्सको जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे ।
खेलको ५५ औं मिनेटमा एमबाप्पेले गोल गरेका थिए । जितसँगै फ्रान्सले ४ खेलमा १२ अंक जोडेको छ ।
फ्रान्स समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । ग्रीस ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।