
काठमाडौँ । काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।
दुर्घटनामा परेर एक जना बालकको मृत्यु भएको घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।
एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा १२ घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरिरहेको छ ।