
काठमाडौं । साताको दोस्रो दिन नेप्से दोहोरो अंकले वृद्धि भएको छ । कारोबार रकम भने ५ अर्ब नाघेको छ । आइतबार ६२ अंकले बढेको बजार आज ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा कायम भएको छ ।
आजको दिन बजारमा १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयरको खरिद बिक्री भइ ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।
हिमालयन लाइफ इन्सुरेन्स लिमिटेड कम्पनीको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । कारोबारका आधारमा शिभम सिमेन्टस ४२ करोड ५ लाख ९९ हजार ५८५ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै, उपसमूहतर्फ भने ५ वटा समूह बाहेक समूहको शेयर मूल्य बढेको छ ।