
काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालित फनपार्कले अब महानगरपालिकालाई व्यवसाय कर तिनुपर्ने भएको छ ।
महानगरपालिकाको आर्थिक ऐन अनुसार ५ रोपनीसम्म क्षेत्रफल भएको फनपार्कले महानगरपालिकालाई १० हजार रुपैयाँका दरले व्यवसाय कर तिर्नुपर्ने भएको छ ।
१० रोपनीसम्म २० हजार र १० रोपनीभन्दा बढीलाई ३० हजार रुपैयाँका दरले अब व्यवसाय कर लाग्ने भएको छ ।
आर्थिक ऐनको अनुसूची ७ मा फनपार्क थप गर्दै महानगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।