
काठमाडौँ । राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।
उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् । मंगलबार नै उनले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए । सो भेटमा आपसी चासोका विषयहरुमा छलफल भएको सेनाको भनाई छ ।