
काठमाडौं । नेपाली कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो ।
यसअघि कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । २७ असारदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ ।