
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार १५० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।