
दाङ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते हुने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार विहान राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा बसमा करेन्ट प्रवाह भएको थियो ।
त्यस क्रममा करेन्ट लागेर घाइते भएका गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ राणागाँउ ३७ बर्षीय महेन्द्र ओलीको मृत्यु भएको हो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नबराज केसीले बताए ।
यसअघि सो घटनामा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको थियो ।