
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।
गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
उनले सत्तापक्ष दल र प्रतिपक्ष दलबीच छलफल गरेर संसद् सुचारु गर्ने विषयमा सहमति गर्न आग्रह गरेका छन् ।