जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डको प्रश्न–प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो ?

प्रधानमन्त्री प्रचण्डको प्रश्न–प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । संसदमा स्पष्टीकरण दिँदै प्रचण्डले तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो भन्दै प्रश्न गरेका हुन् ।

‘म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन’ प्रचण्डले प्रश्न गर्दै भने,‘के यहीँ हो संसदीय अभ्यास ? प्रतिपक्षलाई हक छ म मान्छु । उहाँहरूले प्रश्न उठाउन सक्नहुन्छ । राजेन्द्र लिङदेनले भन्या जस्तो नैतिकताको प्रश्न उठाउन पाइन्छ । राजीनामा दिनुपर्छ भन्नपनि सकिन्छ ।’

संसदीय अभ्यास र पद्यती कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसँग थाहा भएको प्रचण्डले बताए । ‘संसदमा उभिएर यर्थात के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म संसद् अवरुद्ध गरियो ? मैले बुझ्न सकेको छैन’प्रचण्डले भने, ‘प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्छ हो ? यहीँ हो लोकतान्त्रिक परम्परा र विधि ? प्रतिपक्षले प्रश्न उठाउन बित्तिकै प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरण दिने मौका नदिने हो ? यी मेरा प्रश्न हुन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका