
काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।
सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।
सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।