
काठमाडौं । पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ । बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।
‘तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।
उनका अनुसार, समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ । ‘आज पनि समवेदना साट्न आउनेहरुलाई धन्यवाद दिनुभयो, फेरि साँझ हुनेछ’, आचार्यले भने ।