
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सदस्यता अब अनलाइनमार्फत नै लिन सकिने भएको छ ।
राप्रपाको साधारण तथा सक्रिय सदस्य बन्न र आर्थिक सहयोग अनलाइनको व्यवस्था गरिएको र इच्छुकले फोनमार्फत नै सदस्य बन्न सक्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सदस्यता फारामका लागि राप्रपाको वेबसाइटमा गएर आवश्यक विवरण भएसँगै सहजै सदस्यता लिन सकिने उनको भनाइ छ ।
राप्रपाले एक वर्षभित्र पार्टीको सदस्य संख्या २ लाख पुर्याउने लक्ष्य लिएको छ ।