
काठमाडौँ । राजधानीको त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् ।
सोही अस्पतालको फार्मेसी इन्चार्ज अमृत पोखरेल शुक्रबार बिहान मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परीसर काठमाडौँका एक अधिकृतले स्टोर रुपमा पोखरेल मृतावस्थामा फेला परेको जानकारी दिए ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको उनको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलमा दुई पेज लामो सुसाइड नोट बरामद भएको छ ।