जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुडान द्वन्द्व : ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

सुडान द्वन्द्व : ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ ।

अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको उसले पाँच जनालाई मारेको र २२ जना गैरसैनिक नागरिकलाई घाइते बनाएको सुडानी सेनाले एक प्रेस विज्ञप्ति निकालेर बताएको छ । यस सम्बन्धमा आरएसएफले कुनै टिप्पणी गरेको छैन ।

राजधानी खार्तुमको उत्तरपश्चिममा अवस्थित ओम्दुरमानको मिलिटरी मेडिकल कोर अस्पतालको आपतकालीन परिसरमा आक्रमण गरेर आरएसएफले अन्तरराष्ट्रिय मानवीय कानून र युद्धका सबै नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ । आक्रमणमा परेको अस्पतालबाट त्यसको स्थापनाकालदेखि नै नागरिक र सैन्य कर्मचारीलाई सेवा प्रवाह हुँदै आएको थियो ।

गत अप्रिल १५ देखि सुडानभर सुडानी सशस्त्र सेना र आएएसएफबीच सशस्त्र युद्ध जारी छ । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार द्वन्द्वमा परी तीन हजारभन्दा बढीको मृत्युभएको छभने छ हजारभन्दा बढी घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका