
काठमाडौं । सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले आइतबार एक विज्ञप्ति जारी गर्दै साउन १ गते अर्थात् १७ जुलाई, २०२३ देखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो ।
सरकारले आर्थिक विधेयक (बजेट) मार्फत पहिलो पटक हवाई भाडामा भ्याट लगाउने निर्णय गरेको थियो । हवाई सेवालाई भ्याटमा लैजाने सरकारको निर्णय विरुद्ध विभिन्न टिकाटिप्पणी भएपनि अन्ततः हवाई सेवा सञ्चालकहरु मूल्य अभिवृद्धि कर (भ्याट) मा जान बाध्य भएका हुन् ।
नयाँ आर्थिक वर्ष शुरु भएसँगै भोलि (साउन १ गते) देखि नै भ्याट कार्यान्वयनमा जाने र सो भ्याट भाडामा समायोजन गरिने संघले जनाएको छ ।