जोडिनुहोस
  • होमपेज
  • ताहिरको शतकमा भारतलाई उपाधी जित्न ३५३ रनको लक्ष्य

ताहिरको शतकमा भारतलाई उपाधी जित्न ३५३ रनको लक्ष्य

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपको उपाधी जित्न भारत ए ले पाकिस्तान ए बाट ३ सय ५३ रनको लक्ष्य पाएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनायो ।

पाकिस्तान ए का लागि तैयव ताहिरले ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । लिस्ट ए मा चौथो शतक ताहिरले ६६ बलमा पूरा गरेका थिए ।

पाकिस्तान ए ले १ सय २१ रनमा पहिलो विकेट गुमाएको थियो । उसका दुवै ओपनरले अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर सैब अयबले ५१ बलमा ५९ रन बनाउँदा अर्का ओपनर सहबाज फरहामले ६२ बलमा ६५ रन बनाए ।

मुबासिर खानले ४७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाए । ओमिर युसुफ ३५ बलमा ३५ रन बनाउँदै आउट भए ।

भारत ए का लागि रियान पराग र राजवद्र्धन हङ्गेरकरले समान २/२ तथा हर्षित राना, मानव सुतार र निसान्त सिधुले समान १/१ विकेट लिए ।

पाकिस्तान ए ले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका