
काठमाडौँ । काठमाडौँका बुढानीलकण्ठ, जितपुर र आसपास क्षेत्रमा पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ । विष्णुमती नदीको गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।
विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यस क्षेत्रमा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।