
सप्तरी । सप्तरी रेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको करेन्ट लगेर बुधबार राति मृत्यु भएको हो ।
आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेकाे थियो ।
गम्भीर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।