अन्तर्राष्ट्रिय
इस्लामिक देशहरु तालिबानले इस्लाम को नयाँ व्याख्या गरेकोमा चिन्तितः रिपोर्ट

अबुधाबीः इस्लामिक देशले तालिबान सरकारद्वारा इस्लामको नयाँ व्याख्या गरेकोमा चिन्तित भएको बताइएको छ । दुबईमा रहेको मिडिया नेटवर्क अल अरबिया पोस्टका अनुसार तालिबानले इस्लामको आफ्नै व्याख्याको आधारमा शरिया कानून लागू गरेको छ।
यद्यपि तालिबान नेताहरूले आफ्नो नीतिहरू इस्लामिक न्यायशास्त्रमा आधारित रहेको दाबी गर्छन्। स्तम्भकार मोहम्मद अमिर रानाले डन अखबारका लागि लेखेको लेखमा पाकिस्तान, मुस्लिम देशहरू मध्ये एक हो, जसले आफूलाई अफगान तालिवानको अवधारणा र इस्लामिक कानूनको कार्यान्वयनबाट टाढा राखेको छ।
पाकिस्तानमा कट्टरपन्थी सुन्नी संगठन तालिवानको वैचारिक प्रभाव तहरीक–ए–तालिबान पाकिस्तान को रूपमा देखिन्छ। तालिबानले शरिया लागू गर्न र अफगानिस्तानका महिलाहरूलाई आफ्नै भूमिमा बहिष्कार गर्न चालेका हरेक कदमले पाकिस्तानलाई तालिवानसँगको ऐतिहासिक सम्बन्ध चिसो हुने अल अरबिया पोस्टले लेखेको छ ।
इस्लामिक सहयोग संगठन (ओआईसी) ले पनि अफगान महिलाहरू विरुद्ध तालिवानको कार्यशैली प्रति चिन्ता व्यक्त गरेको छ । डिसेम्बर २०२२ मा ओआईसीका ५७ सदस्य राष्ट्रहरूले अफगानिस्तानमा विशेष बैठक आयोजना गरे र तालिबानलाई संयुक्त राष्ट्र संघको बडापत्रमा समावेश गरिएका सिद्धान्त र उद्देश्यहरू पालना गर्न आग्रह गरेका थिए।




































