जोडिनुहोस
  • होमपेज
  • मौरीपालन क्षमता अभिवृद्धि तालिम लमजुङमा सुरू

मौरीपालन क्षमता अभिवृद्धि तालिम लमजुङमा सुरू

लमजुङ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईको आयोजनामा मौरीपालसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएको छ ।

सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएको तालिममा जिल्लाका मौरी जोन कमान्ड क्षेत्रका मौरीपालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत व्यक्तिहरूको सहभागिता छ । मौरी जोन कमान्ड क्षेत्रभित्र पर्ने बेँसीसहर, सुन्दरबजार, मध्यनेपाल, दोर्दी, दुधपोखरी र क्व्होँलासोंथर गाउँपालिकाका गरी ३० जना सहभागी छन् ।

सहभागीलाई कार्यालय प्रमुख अजय अधिकारी, पूर्वकार्यालय प्रमुख दीपक अधिकारी, कृषि अधिकृत हरि मिजार, जोन सञ्चालक समितिका संयोजक केशबहादुर गुरूङ, सचिव वेनबहादुर गुरूङ, मौरी उद्यमी मीनबहादुर गुरूङ, परियोजनाका नायव प्राविधिक सहायक बुद्धिलाल आलेले प्रशिक्षण दिएका छन् ।

तालिममा सहभागीलाई प्रयोगात्मक सिकाईसहित मौरी पालनमा आवश्यक सामाग्री पनि वितरण गरिने कृषि अधिकृत हरि मिजारले बताए ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरूङले मौरी पालनलाई व्यावसायिक बनाउँदै आर्थिक उन्नतिमा लाग्न किसानहरूलाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14