जोडिनुहोस

खेलकुद

ए डिभिजन लिग : आज दुई खेल

  • Sagarmatha TV
  • आइतवार, बैशाख २४, २०८०
ए डिभिजन लिग : आज दुई खेल

काठमाडौ– शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल शुरु हुनेछ।

१४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा रहेको मच्छिन्द्र छैटौँ जित निकाल्ने योजनामा छ। १४ खेलमा १९ अंक जोडेर नवौँ स्थानमा रहेको एपीएफ पनि छैटौँ जितको खोजीमा हुनेछ।

१४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा रहेको संकटा आज पाँचौं जित निकाल्ने योजनामा छ। आर्मी छैटौँ जित निकाल्न चाहन्छ। ऊ १४ खेलमा २० अंक जोडेर छैटौँ स्थानमा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного