
काठमाडौं – फिफा महिला विश्वकप फुटबलमा जापान अन्तिम ८ मा प्रवेश गरेको छ। शनिबार भएको खेलमा जापानले नर्वेलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।
जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो । सन् २०११ को विजेता जापानले इनग्रिड एनगेनको आत्मघाती गोलमा अग्रता लिएको थियो ।
गुरो रेटेनले नर्वेका लागि गोल गरेपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा जापानका लागि सिमिजु र मियाजावाले गोल गर्दै ३–१ को जित निकालेको हो ।
महिला विश्वकप फुटबलमा आइतबार नेदरल्याण्ड्स र दक्षिण अफ्रिका बिहान पौने ८ बजे खेल्नेछन् । यस्तै दोस्रो खेलमा स्वीडेन र संयुक्त राज्य अमेरिकाको प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो पौने ३ बजे हुँदैछ ।