
काठमाडौँ । जारी टी-२० सिरिजमा वेस्ट इण्डिजले भारतलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा वेस्ट इण्डिजले भारतलाई २ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १५३ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १८.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको थियो ।
यो जितपछि वेस्ट इण्डिजले सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ र ५ खेलको सिरिजमा २(० को अग्रता हासिल गरेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने छ ।