
काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन् ।
प्रतिनिधिसभाको बैठक १ बजे बस्नु अगावै हाल अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमति खोज्न उक्त बैठक बस्न लागेको हो ।