
एजेन्सी – इटालियन टापू लाम्पेडुसामा डुंगा दुर्घटना हुँदा युरोप छिर्न खोजेका ४१ जना आप्रवासीको मृत्यु भएको छ । घटनामा बाँचेका चार व्यक्तिहरूले उद्धारकर्तालाई दिएको जानकारीअनुसार उनीहरू ट्युनिसियाबाट समूद्री बाटो हुँदै इटली छिर्ने प्रयासमा थिए ।
उत्तर अफ्रिकाबाट समूद्री बाटो हुँदै युरोप छिर्ने क्रममा यस वर्षमात्रै १८ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।