
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।
आज पनि तोलामा ७०० रुपैयाँले मूल्य घटेसँगै लगातार चौथो दिन सुनको मूल्य घटेको छ । साताको सोमबार १०० रुपैयाँ, मंगलबार ३०० रुपैयाँ र बुधबार १०० रुपैयाँले मूल्य घटेको हो ।
यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य समेत घटेको छ । १० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।