जोडिनुहोस
  • होमपेज
  • सेयर बजार झिनो अंकले वृद्धि

आर्थिक

सेयर बजार झिनो अंकले वृद्धि

  • Sagarmatha TV
  • बिहिबार, साउन २५, २०८०
सेयर बजार झिनो अंकले वृद्धि

काठमाडौँ । सेयर बजार सूचक नेप्सेले बुधबार २ हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेर फर्किएपछि बिहीबार पनि सामान्य हिसाबले सकारात्मक बनेको छ ।

यस दिन नेप्से सूचक ५.१३ विन्दुले बढेर २०६६.०५ अंकमा आएको छ । २ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटन समूह सबैभन्दा बढीले वृद्धि भएको छ ।

यसअघि २२ सय भन्दा माथि पुगेको बजार घटेर बुधबार इन्ट्रा डे कारोबारमा बुधबार करिब २ हजार विन्दुसम्म ओर्लिएको थियो । त्यसपछि भने बजारले सकारात्मक गति समाएको थियो ।

बिहीबार पनि बजार बढेकाले सोही विन्दुलाई नै सपोर्ट बनाएर बजार फर्किएको धेरैले अनुमान लगएका छन् ।

यसदिन २६९ कम्पनीको ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै १७ करोड रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपर तामाकोशी र शिवम् सिमेन्ट्स रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका