
काठमाडौं।नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
त्यसैगरी यूरो १ को खरिद दर १४५ रुपैयाँ ६० पैसा र बिक्री दर १४६ रुपैयाँ २६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३३ पैसा रहेको छ ।
सो बैंकका अनुसार अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ६८ पैसा र बिक्री दर ८७ रुपैयाँ ०८ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।
सूची