
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउसो बसेको बैठकको सुरुमै एमाले सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए ।
तर सांसद साहले बोल्न थालेपछि सत्तापक्ष सांसदहरु उभिएर बैठक अवरुद्ध गरेका थिए । होहल्लाका बीच सांसद साहले आफ्नो भनाई राखेपछि एमाले सांसदहरु नाराबाजी गर्दै सभामुखको आसन घेर्न पुगेका थिए ।
बैठक प्रारम्भ भएको १५ मिनेटपछि सभामुख घिमिरेले साउन २९ गते दिउसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।