
काठमाडौँ । इन्टर मियामी एमएलएस लिग कपको फाइनलमा पुगेको छ ।
बुधबार विहान सम्पन्न फाइनल खेलमा इन्टर मियामीले फिलाडेल्फियालाई पराजित गर्दै जारी लिग कपको फाइनलमा पुगेको हो ।
इन्टर मियामीले फिलाडेल्फियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।
इन्टर मियामीको जितमा जोसेफ मार्टिनेज, लियोनेल मेसी, जोर्डी अल्बा र डेभिड रुइजले एक एक गोल गरेका थिए ।
लियोनेल मेसीले इन्टर मियामीका लागि गरेको यो नवौं गोल हो । उनले इन्टर मियामीका लागि अहिलेसम्म ७ खेल खेल्दै ९ गोल गरेका छन् ।
अब इन्टर मियामी लिग कपको फाइनलमा मोन्टेरे र नाशभिले एफसीबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल अगस्त १९ मा हुने छ ।