
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज साउन ३१ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ८० पैसा र बिक्री दर १४५ रुपैयाँ ४६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २३ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।