
काठमाडौं । चीनको सीमा रक्षा सैन्य प्रतिनिधिको टोलीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।
चिनियाँ जनमुक्ति सेनाको तिवेत मिलिटरी कमान्डका मेजर जनरल यु आन्दे नेतृत्वको टोलीले जङ्गी अड्डा पुगेर प्रधान सेनापति शर्मालाई भेटेको हो ।
भेटघाटमा दुई पक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।