
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् ।
बिहिबार दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात् देखिने बाहिरी र भित्री कक्षहरूको थ्रिडी एनिमेसनको अवलोकन पनि गरेका हुन् । उक्त अवसरमा उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद समेत दिएका थिए ।