जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • बंगलादेशमा विस्फोट हुँदा १६ जनाको मृत्यु, १२० घाइते

बंगलादेशमा विस्फोट हुँदा १६ जनाको मृत्यु, १२० घाइते

ढाका—बंगलादेशको राजधानी ढाकामा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । १२० जनाभन्दा बढी घाइते भएका छन्।

ढाकाको सिद्दिकी बजारमा मंगलबार बेलुकी विस्फोट हुँदा १६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ढाका मेडिकल कलेज अस्पतालमा घाइतेको उपचार भइरहेको छ। विस्फोटपछि एक सात तले भवन ध्वस्त भएको छ भने सडकमा गुडिरहेको बसमा समेत क्षति पुग्दा कैयौँ यात्रु घाइते भएका छन्।

ध्वस्त भवन वरपर रहेका रिक्सा चालक तथा सर्वसाधारण घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК