
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यमा सुधार भइरहेको छ । नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको हो ।
उनलाई भेट्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । शल्यक्रियापछि वार्डमा रहेका मन्त्री खड्काको अवस्था बुझ्न प्रचण्ड अस्पताल पुगेका हुन् ।
खड्काको अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारी नेतृत्वको टोलीले प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
उनी गत साता बुधबार अस्पताल भर्ना भएका थिए ।