
कराँची । पाकिस्तानमा एक प्रिन्सिपलले ४५ महिला तथा छात्राहरू माथी यौन दुब्यव्यहार गरेको खुलेको छ ।
कराँची सहरबाट बलात्कारी प्रिन्सिपल इरफान गफुर मेमनले दिएको पीडा र यातानाको खबर बाहिर आएसँगै उनको कर्तुत खुलासा भएको हो ।
समाचार अनुसार ४५ महिलासँग ब्लाकमेल र केहीलाइ बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका छन् । उनको मोबाइलबाट कैयौं महिलाको भिडियो पनि फेला परेको छ, जुन विद्यालयको सीसीटीभीमा कैद भएको थियो ।
विद्यालयमा केही क्यामेरा लुकाएर राखेका थिए, जसमा रेकर्डिङ गरेर उनले महिला शिक्षक र छात्राहरूलाई ब्ल्याकमेल गर्ने गर्थे । अनुसन्धान टोलीले उनको सेलफोनबाट यस्तै २५ वटा छोटो भिडियो क्लिप पनि बरामद गरेको छ ।