जोडिनुहोस
  • होमपेज
  • तीन वटा रंगशाला राष्ट्रिय गौरवका आयोजना घोषणा, फटाफट काम हुने दाबी

तीन वटा रंगशाला राष्ट्रिय गौरवका आयोजना घोषणा, फटाफट काम हुने दाबी

सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले काठमाण्डौको मूलपानी क्रिकेट मैदान, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर निर्माणलाई तीव्रता दिइने मन्त्री शर्माले बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनाले मागेजति बजेट पाउने, वन र जग्गाको विवाद भएमा तत्कालै समाधान निकाल्ने, बन्द हड्ताल गर्न नपाउने लगायतका सुविधा पाउने हुँदा काम छिटो हुने सम्भावना हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help