
काठमाडौं— युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि सर्वियन स्टार नोभाक जोकोभिचले जितेका छन् । सोमबार बिहान भएको फाइनलमा उनले रसियन स्टार डेनियर मेदभेदेवलाई ६–३, ७–६ ९७–५०, ६–३ को साझो सेटमा हराए ।
जोकोभिच चौथो पटक युएस ओपन च्याम्पियन बनेका हुन्। यससँगै उनले २४ ग्रान्डस्लाम उपाधिको कीर्तिमानी बराबरी गरेका छन् । उनले मार्गरेट कोर्टको नाममा रहेको ५० वर्ष पुरानो कीर्तिमान बराबर गरेका हुन्।
यसअघि महिला एकलतर्फ घरेलु खेलाडी कोको गौफ च्याम्पियन बनेका छन् । फाइनलमा गौफले बोलारुसकी अर्याना साबालेन्कालाई पराजित गरेका हुन् ।