
काठमाडौं । मंगलबार निधन भएका संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका जेठा छोरा युकेबाट बुबाको निधन भएको खबर सुनेपछि बुधबार नेपाल आइसकेका छन् ।
नेम्वाङका जेठा छोरा मेङसो नेम्वाङ बुधबार नेपाल आएर ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा पुगेर उनका बुबाको पार्थिक शरिरमा श्रध्दाञ्जलि अर्पण गरेका छन् । उनका भाइ पनि अस्टेलियाबाट नेपाल आइसकेका छन् ।
नेम्वाङको हृदय घातका कारण मंगलबार नै निधन भएको थियो ।